कठै मेरो देश 
अग्ला अग्ला चुचुरा पहाडमा सौन्दर्य छैन 
खोला र खहरेमा गुडगुडाहट छैन 
खोल्सामा खस्ल्यांगगर्दै हिड्ने जनावर 
रुखका डालीमा संगीतको भाका बोल्ने चरी 
खै कुनैमा बहार छैन 

देश लुटिएको छ,
 नेतारुपी ब्वासहरु 
कन्याउदै छन् मेरो देश र निकाल्दै छन् मुटु कलेजा 
अनि बेचिदै छन् फुटपाथमा 
हामी युवा प्रमाणपत्रको धज्जी उडाउदै 
बेचिरहेछौ श्रम 
आखिर बेच्नु त हो 
बेचिएको म र मेरो देश 

 

Comments

Popular posts from this blog

लुछिएछ मेरा स्वर्णिम पल