Posts

Showing posts from July, 2016
कठै मेरो देश  अग्ला अग्ला चुचुरा पहाडमा सौन्दर्य छैन  खोला र खहरेमा गुडगुडाहट छैन  खोल्सामा खस्ल्यांगगर्दै हिड्ने जनावर  रुखका डालीमा संगीतको भाका बोल्ने चरी  खै कुनैमा बहार छैन  देश लुटिएको छ,  नेतारुपी ब्वासहरु  कन्याउदै छन् मेरो देश र निकाल्दै छन् मुटु कलेजा  अनि बेचिदै छन् फुटपाथमा  हामी युवा प्रमाणपत्रको धज्जी उडाउदै  बेचिरहेछौ श्रम  आखिर बेच्नु त हो  बेचिएको म र मेरो देश