Posts

लुछिएछ मेरा स्वर्णिम पल

बन्द परेली सुनसान एकान्त अनि मन्द पवन , कल्पनाको संसार अनि स्मिर्तिमा तिम्रो त्यो मुहार | कुत्कुताउछ मन अनि सल्बलाउछ मगज्का स्नायुहरु  उर्लदो खहरे जस्तो उर्लिन मन लाग्छ चट्टान संगै पौठेजोरी गर्दै  बहन मन छ, उर्लन मन छ, कुर्लन अनि गर्झान मन छ | तर रहर अनि खुशी मेरो चाह लुट्दैछ समय झेल् गर्छ, मौनतामा लट्ठयाएर लुछिएछ मेरा स्वर्णिम पल |
कठै मेरो देश  अग्ला अग्ला चुचुरा पहाडमा सौन्दर्य छैन  खोला र खहरेमा गुडगुडाहट छैन  खोल्सामा खस्ल्यांगगर्दै हिड्ने जनावर  रुखका डालीमा संगीतको भाका बोल्ने चरी  खै कुनैमा बहार छैन  देश लुटिएको छ,  नेतारुपी ब्वासहरु  कन्याउदै छन् मेरो देश र निकाल्दै छन् मुटु कलेजा  अनि बेचिदै छन् फुटपाथमा  हामी युवा प्रमाणपत्रको धज्जी उडाउदै  बेचिरहेछौ श्रम  आखिर बेच्नु त हो  बेचिएको म र मेरो देश   

First post

Hi dear all!! Welcome to new blog . In this blog I want to publish new and recent issues in  Article, information,research report, literature and many more ..... I hoped for yours meaningful support and help. Thank you Admin info.rachananepal@gmail.com