लुछिएछ मेरा स्वर्णिम पल
बन्द परेली सुनसान एकान्त अनि मन्द पवन , कल्पनाको संसार अनि स्मिर्तिमा तिम्रो त्यो मुहार | कुत्कुताउछ मन अनि सल्बलाउछ मगज्का स्नायुहरु उर्लदो खहरे जस्तो उर्लिन मन लाग्छ चट्टान संगै पौठेजोरी गर्दै बहन मन छ, उर्लन मन छ, कुर्लन अनि गर्झान मन छ | तर रहर अनि खुशी मेरो चाह लुट्दैछ समय झेल् गर्छ, मौनतामा लट्ठयाएर लुछिएछ मेरा स्वर्णिम पल |